site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पूर्वमन्त्रीकी छोरीको विवाहमा ५ अर्ब खर्च, सुनको जलपयुक्त निमन्त्रणा कार्ड र बलिउड कलाकारको प्रस्तुति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । भारतमा सरकारले पुराना पाँच सय र एक हजार रुपैयाँ नोटमाथि प्रतिबन्धको घोषणा गरेपछि नागरिक एकातिर बैंकमा पैसा जम्मा गर्न तथा प्रतिदिन २५ सय रुपैयाँ निकाल्न एटीएममा लाम लागिरहेका बेला भारतका सत्तारुढ पार्टीका एक पूर्व नेताले अर्बौं रुपैयाँ खर्च गरेर आफ्नो छोरीको विवाह गरेको विषय विवादित हुन पुगेको बीबीसीले जनाएको छ ।
भारतका एक उद्योगपति तथा पूर्वमन्त्री जी जनार्दन रेड्डीकी छोरी ब्रह्माणीको पाँच दिनसम्म चल्ने विवाहमा करिब ५ अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 
सुनको जलप लगाइएको निमन्त्रणा कार्ड र बलिउड कलाकारको प्रस्तुतिले  यसलाई झन् विवादित बनाएको बताइएको छ ।
आलोचकहरुले यसलाई “सम्पत्तिको अश्लील प्रदर्शन” को संज्ञा दिएका छन् । 
भारतमा नगदमा आधारित अर्थव्यवस्था भएको र विवाहहरुमा हुने प्रायजसो खर्चहरु नगदमा नै हुने बताइएको छ । तर, कसरी विवाहमा लाग्ने त्यति ठूलो रकम उनले जुटाए भन्नेमा ठूलो आशंका जन्मिएको छ ।
विवाह समारोहको योजना धेरै अगाडि तयार गरिएको र बैंगलोर र सिंगापुरमा रहेको सम्पत्ति धरौटीमा राखेर ६ महिना भुक्तानी गरिसकेको रेड्डीलाई उद्धृत गर्दै समाचारमा बताइएको छ ।
सामाजिक सञ्जालहरुमा उक्त विवाहप्रति चर्को आलोचना भएको छ ।
यसबीच भारतमा विपक्षी राजनीतिक पार्टीहरुले कालो धनको विरुद्ध प्रधानमन्त्री नरेन्द्र मोदीले चलाएको अभियानमा धनीहरु पर्ने कि नपर्ने भनी प्रश्न उठाएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १०:४२
प्रतिक्रिया दिनुहोस्