site stats
बाह्रखरी :: Baahrakhari
विशेष
३ महिनामा कुन बैंकले कति नाफा कमाए ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । सरकारी र निजी संयुक्त लगानीको नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सबैभन्दा बढी नाफा गरेको छ । 
नेपाल बैंकले चालु आवको असोजसम्ममा १ अर्ब १६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले ४४ करोड ४३ लाख लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले नाफा झण्डै ३ गुणा बढाएको छ । गत आव भने बैंकले कुल ३ अर्ब १ करोड रुपैयाँ बढी नाफा गरेको थियो । अहिले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये मंगलबारसम्ममा २४ वटाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअनुसार सबैभन्दा बढी नाफा नेपाल बैंकको छ ।
नेपाल बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत लगानी छ । सबैभन्दा कम नाफा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले गरेको छ । एनसीसीले १२ करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा एनसीसीले १२ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । एनसीसीको नाफा सामान्य बढेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । ४ वटा वाणिज्य बैंकको वित्तीय विवरण आउन बाँकी छ । सेन्चुरी कमर्सियल बैंक, सिभिल बैंक, जनता बैंक र राष्ट्रिय वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
नेपाल बैंकपछि बढी नाफा गर्नेमा नबिल बैंक  छ । चालु आवको पहिलो त्रैमाशमा नबिलले ७९ करोड ८३ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा नबिलले ६५ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ करोड ७ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा इन्भेष्टमेन्टले ४२ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको थियो । यस्तै एभरेष्ट बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरको छ । गत आवको सोही अवधिमा एभरेष्टले ३६ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो । 
ग्लोबल आईएमई बैंकले ४२ करोड, सिद्धार्थ बैंकले ३५ करोड ९६ लाख, नेपाल एसबीआई बैंकले ३५ करोड ४१ लाख, एनएमबी बैंकले ३५ करोड २६ लाख, सिटिजन बैंकले ३४ करोड ५१ लख, प्रभु बैंकले २८ करोड २४ लाख, सानिमा बैंकले २७ करोड १६ लाख, एनआइसी एसिया बैंकले २६ करोड १० लाख रुपैयाँ नाफा गरेका छन् । 
यस्तै सनराइज बैंकले २५ करोड ३१ लख, प्राइम कमर्शियल बैंकले २५ करोड १० लाख, माछापुच्छ्रै बैंकले २४ करोड ६९ लाख, नेपाल बैगलादेश बैंकले २२ करोड ५० लाख, लक्ष्मी बैंकले १३ करोड ५८ लाख, मेगा बैंकको १४ करोड ६९ लाख, कुमारी बैंकको १३ करोड ७४ लाख, हिमालयन बैंकको ४३ करोड ४ लाख, बैंक अफ काठमाण्डु लुम्बिनीको २७ करोड ९ लाख स्ट्यान्डर्ड चाटर्ड बैंकको ३४ करोड ९४ लाख र कृषि विकास बैकको ४२ करोड २३ लाख रुपैयाँ छ ।
२४ बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा ३ अर्ब रुपैयाँ बढेको छ । चालु आवको पहिलो ३ महिनामा २४ बाणिज्य बैंकले कुल ८ अर्ब ८७ करोड ४० लाख रुपैयाँ नाफा गरेका छन् । अघिल्लो आवको सोही अवधिमा ५ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १२:०५
प्रतिक्रिया दिनुहोस्