site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीले मानहानि मुद्दामा जमानत पाए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीलाई मानहानि मुद्दामा त्यहाँको भिवन्डी अदालतले बुधबार जमानत दिएकोे समाचार संस्था नवभारत टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
मंगलबारै भिवन्डी पुगेका गान्धी बुधबार अदालतमा उपस्थित भएका थिए । मुद्दाको अर्को सुनुवाइ २८ जनवरीमा हुने बताइएको छ ।  
राहुल गान्धीले सन् २०१४ को ६ मार्चमा एक चुनावी सभाका क्रममा आरएसएसले महात्मा गान्धीको हत्या गरेको बताएका थिए ।
आरएसएस भारतको सत्तारुढ दल बिजेपी नजिकको धार्मिक संगठन हो ।
गान्धीका अभिव्यक्तिविरुद्ध भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग आबद्ध राजेश कुन्टे नाम गरेको व्यक्ति राहुल गान्धीलाई मानहानिको मुद्दा दर्ता गराएका थिए । 
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १३:०९
प्रतिक्रिया दिनुहोस्