site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चैतभित्रै स्थानीय तहको चुनावः मन्त्री पाण्डे
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले अहिलेसम्म ६२ वटा जिल्लाको स्थानीय पुनरसंरचना भैसकेको बताएका छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पुनरसंरचना आयोगले काम गरिरहेको बताउँदै भने, “अहिलेसम्म ६२ वटा जिल्लाको रिपोर्ट आइसकेको छ, आयोगका अनुसार बाँकी जिल्लामा पनि काम भैरहेको छ ।”
मन्त्री पाण्डेले सरकारले आयोगलाई तत्काल रिपोर्ट बुझाउन निर्देशन दिएको जानकारी दिँदै भने, “आयोगले  मंसिर पहिलो हप्ता वा दोस्रो हप्ताभित्रै रिपोर्ट बुझाउने कुरा गरेको छ, मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तीव्र गतीमा भैरहेको छ  ।’ उनले चैत मसान्तभित्रै स्थानीय तहको निर्वाचन हुने विश्वास व्यक्त गरे । 
 
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १५:५८
प्रतिक्रिया दिनुहोस्