site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मन्त्री नियुक्तिमा मतभेद छैन : ट्रम्प
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको मन्त्रिमण्डलमा महत्वपूर्ण नियुक्तिहरुको विषयमा उनका सल्लाहकारहरूबीच तीव्र मतभेद रहेको र ट्रान्जिसन टिमको पनि पुनर्गठनको माग उठेको भन्ने समाचारको खण्डन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
उनले एक व्यवस्थित प्रक्रियामार्फत मन्त्रीको नियुक्तिका लागि काम भइरहेको पनि प्रष्ट पारेका छन् । ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘‘मन्त्रिमण्डल र अन्य पदहरुमा नियुक्तिका विषयमा अत्यन्तै व्यवस्थित प्रक्रिया चलिरहेको छ र कुन पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निर्णय दिने मैले हो ।’’ 
यसअघि सीएनएनले बताए अनुसार ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जेरेड कुशनेरको नाम ट्रान्जिसन टिममा समावेश भएपछि मतभेद सिर्जना भएको बताइएको थियो । यस अघि अमेरिकी पत्रीका वालस्ट्रीट जर्नलले नव निर्वाचित उपराष्ट्रपति माइक पेन्सले मन्त्रिमण्डल सदस्य नियुक्तिका दवाब दिने ट्रन्जिसन टीमका सदस्यहरुलाई हटाउने आदेश दिएको बताएको थियो ।
 
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  ११:३८
प्रतिक्रिया दिनुहोस्