site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
डिजिटल प्रदेश बनाउने प्रस्ताव ल्याउन आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खस्यौली । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ लाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने गरी ठोस प्रस्ताव ल्याउन सूचना, प्रविधिसँग सम्बन्धित क्षेत्रलाई आग्रह गरेका छन् ।  क्यान महासङ्घ रुपन्देहीले शुक्रबारदेखि बुटवलमा शुरु गरेको क्यान इन्फोेटेकमा उनले भने, “जनशक्ति तयार भए, प्रस्ताव ल्याउनुहोस्, नभए सम्भव हुँदैन ।” 

“सूचना, प्रविधिसँग सम्बन्धित व्यक्ति तयार भए काम अघि बढाउन सकिन्छ,” उनले भने । प्रदेशमा ई–एजुकेशन लागु गर्न सस्तो ल्यापटप उत्पादन आवश्यक भएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ लाई ‘आइटी सिटी’का रुपमा विकास गर्न सकिने बताए । उनले त्यसका लागि सरकार सहकार्य गर्न तयार रहेको जानकारी दिँदै सूचना प्रविधिको क्षेत्र नयाँका लागि अवसर भएको बताए ।  

मुख्यमन्त्री पोखरेलले सूचना, प्रविधिको ज्ञानलाई सङ्गठित गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रविधिमा निजी क्षेत्र आँटका साथ अघि नआएको गुनासो गरे । उनले भने, “हरेक २ वर्षमा पुरानो प्रविधि विस्थापित भएर नयाँ प्रविधि भित्रिदैछन् ।” रासस

प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ०५:००
प्रतिक्रिया दिनुहोस्