
काठमाडौं । सामान्यतयाः लगानी सम्मेलन वर्षैपिच्छे गरिँदैन । तर, नेपालमा दुई वर्षअघिमात्र सम्पन्न भएको लगानी सम्मेलनका विषयलाई थाति राख्दै पुनः लगानी सम्मेलन हुन लागेको छ ।
दुई वर्ष अघि १४ खर्ब रुपैयाँ बराबरको वैदशिक लगानी भित्र्याउने प्रतिबद्धता गर्दै लगानी सम्मेलन आयोजना गरिएको थियो । जसमध्ये हालसम्म ४ खर्बमात्र प्राप्त भएको छ ।
सो बेला गरिएका अधिकांश लगानीका प्रतिबद्धता पुरा हुने क्रममै सरकारले तेस्रोपटक लगानी सम्मेलन गर्ने तयारी पनि पूरा गरेको छ ।
२०४७ सालमा प्रजातन्त्र पुर्नबहालीपछि पहिलोपल्ट लगानी सम्मेलन भएको थियो । संविधान बनेपछि २०७३ सालमा र अहिले फेरि लगानी सम्मेलन हुन लागेको परिवेशमा अर्थमन्त्री डा युवराज खतिवडा २०७३ को लगानी सम्मेलनलाई अझ विस्तृत रुपमा त्यसकै जगमा उभिएर धेरै विदेशी लगानी भित्र्याउने गरी यो सम्मेलन गर्न लागिएको दाबी गर्छन् ।
शुक्रबारदेखि तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनले मुलुकको समृद्धिको मार्ग चित्र कोर्ने खतिवडाको आँकलन छ । खतिवडा भन्छन्, “लगानी सम्मेलन सबैको साझा प्रयास हो, सरकार, निजी क्षेत्र र आम नेपालीको । यो आफैंमा एउटा उत्सव हो ।”
बुधबार पत्रकारहरुमाझ अर्थमन्त्रीले भने, “नेपाललाई चिनाउने, नेपालको लगानीको अवसरबारे नजिकबाट जान्ने बुझ्ने मौका दिने, नेपालका सम्भाव्य परियोजनामा लगानी गर्दा कस्तो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने जानकारी पाउने थलो हो, लगानी सम्मेलन ।”
सम्मेनलका माध्यमबाट लगानीकर्ताले कानूनी झमेला पर्दा समस्या समाधान, कानूनी तथा प्रशासनिक तथा व्यवसायिक बाटोबारे बुझ्ने मौका पाउने दाबी उनको छ । अहिलेको लगानी सम्मेलन विगतका उपलब्धिलाई थप सुदृढ गर्दै, अझ बढी परिष्कृत र व्यवहारिक ढंगले कार्यान्वयन गर्न सकिने लगानीका परियोजनाकाबारे छलफल गरेर टुंगोमा पुग्नका लागि आवश्यक रहको उनको बुझाइ छ ।
यसो त सरकारका नीति तथा कार्यक्रमहरु निजीक्षेत्रलाई नजिकबाट चिनाउन जरुरी पनि छ । सरकार नीजिक्षेत्रसँग कसरी सँगै अघि बढ्न चाहन्छ, सरकारलाई विश्वमाझ त्यो पनि देखाउनु छ । त्यो गरिरहँदा सरकार कस्तो कानूनी तथा परिचालनका नियम र कार्यान्वयनका के–कस्ता प्रावधान अघि बढाएका छन् भन्ने नजिकबाट सुनाउन मन छ रे । खतिवडाले भने, “हामी हाम्रा व्यवस्थामा केही कमीकमजोरी छन् भने पृष्ठपोषण (फिडब्याक) लिन पनि चाहन्छौं ।”
यससँगै पछिल्लो समय देखिएका विकासका सम्भावना, नीजिक्षेत्रको लगानीका असवसर उजागर भएका छन्, त्यसलाई शोकेसिङ गर्ने थलो लगानी सम्मेलन हुने उनले बताए ।
संविधानको निर्माणसँगै स्वदेशी र विदेशी लगानीकर्ताबीच एउटा राम्रो तथा परिपूरक नेटवर्किङ निर्माण गर्नु आवश्यक देखिएको छ । लगानीको सन्दर्भमा उनीहरुको आवश्यकता पूरा गरी विदेशी निजी क्षेत्रलाई परिचालन गर्ने अवसर सरकारले हालसम्म जुटाउन सकेको छैन । यससम्बन्धि कानूनको निमार्ण भइसकेको कारण यो सम्मेलनको अवसरमा सरकार स्वेदशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच तालमेलको सुनौलो अवसर रहेको खतिवडाले दाबी गरे ।
सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तालाई ऋण दिने र उनीहरको वित्तीय आवश्यता पूरा गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्था पनि सहभागी हुँदैछन् । व्यवसाय गर्न परामर्श दिने, वित्त परिचालनमा सघाउ पुर्याउन तत्पर हुने संस्था पनि यसमा सहभागी हुनेछन् । तसर्थ, यो सम्मेलन सबैबीच साझा नेटवर्क निर्माण गर्ने थलोको रुपमा बनाउन लागेको सरकारको योजना उनले सुनाए ।
यो पनि, लगानी सम्मेलनको तयारी पूरा
कानूनी व्यवस्था र एकद्वार सेवा अहिलेको उपलब्धि
सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन गरिसकेको खतिवडाले बताए । यससँगै औद्योगिक व्यवसाय ऐन तर्जुमा भइसकेको छ, आउँदो संसद अधिवेसनबाट पास हुनेछ ।
बौद्धिक सम्पत्तिमाथिको अधिकार सम्बन्धि ऐन र कम्पनी ऐन पनि संशोधनको प्रक्रिया अघि बढेको खतवडाले बताए । उनले भने, “संसदको यस अधिवेशनबाट तीन ऐन पारित गराउन समय पुगेन । आगामी संसदबाट ती ऐन पास गराउँछौं । केही समयमा सबै नियमावली बनाएर आवश्यक वातावरण बनाउँछैं ।”
लगानीकर्तालाई सहज वातावरण हाम्रो व्यवहार र कार्यशैलीमा भर पर्छ । अहिलेको ऐनले गरेको व्यवस्थाले आत्मसात गरेको एकद्वार सेवा रहेको खतिवडाले दाबी गरे । उनका अनुसार उद्योगी तथा व्यवसायीले लामो समयदेखि माग गर्दै आएको एकल सेवा बिन्दुको प्रावधान नयाँ ऐनहरुमा समेटिएको छ ।
दुई सय मेगावाटको आयोजना सम्बन्धित मन्त्रालयबाट, ६ अर्बभन्दा कमको उद्योग मन्त्रालय र बाँकी लगानी बोर्डको कार्यालयबाट हुने उनको दाबी छ । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी लगानीलाई जतिसक्दो छिटो स्वीकृत गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेकाले झन्झटरहित एकद्वार प्रणाली अघि सारिएको बताए ।
निजी क्षेत्रको पूर्ण साथ
लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले निजीक्षेत्रको पनि गतिलो साथ पाएको छ । अर्थमन्त्री खतिवडाले निजीक्षेत्र र विदेशी लगानीकर्ताबीच नेटवर्क तयार पार्ने आश्वासन दिइरहँदा निजीक्षेत्र सरकारको गतिलो साथ दिएको देखियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले त अबका केही दिन लगानी सम्मेलनबारे नकारात्मक टिकाटिप्पणी कही कतै प्रकाशन नगर्न आग्रह गरे । विदेशी लगानीकर्ता सञ्चारमाध्यम नियालीरहने हुनाले नकारात्मक समाचार उनीहरुको मनोबल घटाउने बताए ।
उनले भने, “मिडियाहरुले पनि यो दुई–चार दिन साना साना नेगेटिभ कुराहरु प्रचार प्रसार नगरौं, विदेशीहरुले बडो चाखपूर्वक पढ्छन्, यतिबेला कम्तीमा राम्रा कुरा मात्रै लेखौं ।”
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले सिर्जना भएको लगानीकर्ताको अवसरले आफूहरु उत्साहित भएको दाबी गरिन् । सरकारको यो पहललाई निजी क्षेत्रले सकारात्मक रुपमा हेरेको उनको दाबी छ ।
यसैगरी नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि नेपालले नीतिगत सुधारमा ठूलै उपलब्धि हासिल गरेको दाबी गरे ।
लगानी सम्मेलनमा को–को सहभागीता हुँदैछन् ?
लगानी सम्मेलनमा कूल एक हजाभन्दा बढीको सहभागीता रहने लगानी बोर्डले जनाएको छ । जसमध्ये ४० देशका विदेशी लगानीकर्ता ६ सय १५ जना, नेपाली लगानीकर्ता ३ सय ५० तथा गैर आवसीय नेपाली ५० जना सहभागी हुनेछन् ।
कुन देशबाट कति ?
चीन : २६५
भारत : १२०
जापान : २१
म्यानमार : १९
दक्षिण कोरिया : १७
यूएई : १२
ओमन : १३
मलेसिया : १२
अमेरिका : १०
क्यानाडा : १०
श्रीलंका : १०
संयुक्त अधिराज्य : ९
कतार : ८
फ्रान्स : ८
सिंगापुर : ८
संयुक्त राष्ट्रसंघ : ९
अन्य : ५१
कूल : ६१५
७७ परियोजना ‘शो केश’मा, एक दर्जनमा एमओयू पनि
दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्र्नेछ । त्यसैगरी सम्मेलनमा करिब एक दर्जन विभिन्न परियोजनाको समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी छ ।
यी हुन सम्मेलनका क्रममा शो–केस हुने परियोजना
काठमाडौं रिङरोड बस रापिड ट्रान्जिट परियोजना
फोहरमैला व्यवस्थापन परियोजना– बुटवल क्षेत्र
एकीकृत कृषि पूर्वाधार परियोजना– पर्सागढी
तमोर जलाशय परियोजना
जानकी क्षेत्र विशेष परियोजना
फोहरमैला व्यवस्थापन परियोजना– जनकपुर क्षेत्र
दोलखा फिल्म सिटी परियोजना
गण्डकी प्राविधिक विश्वविद्यालय परियोजना
एकीकृत कृषि पूर्वाधार परियोजना – बनेपा र चितवन
तालतलैया पर्यटन परियोजना
फोहरमैला व्यवस्थापन परियोजना – रत्ननगर क्षेत्र
फोहरमैला व्यवस्थापन परियोजना– धुलिखेल क्षेत्र
फोहरमैला व्यवस्थापन परियोजना – जितपुर सिमरा क्षेत्र
रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट परियोजना
सुदुरपश्चिम परिवहन परियोजना
हेटांैडा स्मार्ट सिटी परियोजना
एकीकृत कृषि पूर्वाधार परियोजना– वीरेन्द्रनगर
लुम्बिनी इन्टरनेसनल म्याट्रनिटी केन्द्र परियोजना
धुलिखेल मेडिसिटी परियोजना
सुनकोशी जलबिद्युत परियोजना
सुनकोशी तेस्रो जलविद्युत परियोजना
नलगाड जलाविद्ययुत परियोजना
एसआर सिक्स जलविद्युत परियोजना
एकीकृत कृषि पूर्वाधार परियोजना – हेम्जा
सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र ब्लक सी परियोजना
मोतीपुर औद्योगिक क्षेत्र परियोजना
नौ–बस्ता औद्योगिक क्षेत्र परियोजना
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भक्तपुर परियोजना
धुलिखेल ड्रिम ल्यान्ड परियोजना
पश्चिम सेती जलविद्युत परियोजना
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना
पूर्वपश्चिम विद्युतीय रेल परियोजना
काठमाडौं पोखरा लुम्बिनी विद्युतीय रेल परियोजना
काठमाडौं मेट्रो परियोजना
एकीकृत कृषि पूर्वाधार परियोजना – तिलोत्तमा, मणिग्राम
एकीकृत कृषि पूर्वाधार परियोजना – उर्लाबारी
एकीकृत कृषि पूर्वाधार परियोजना – गोदावरी, अत्तरिया
रासायनिक मल कारखाना परियोजना
पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलविद्युत परियोजना
दमौली बहुउद्देश्यीय पर्यटन परियोजना
रोल्वालिङ साहसिक खेल शिक्षालय
शे–फोक्सुण्डो लक्जरी रिसोर्ट
शिक्षा, खेलकुद तथा स्वास्थ्य सहर
स्की रिसोर्ट – मनाङ
धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना
विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना
सामाखुसी–टोखा– छहरे सडक आयोजना
काठमाडौं बाहिरी चक्रपथ विकास योजना
द्रुत सर्वसाधारण यातायता (रामग्राम–तिलौराकोट)
तल्लो अरुण हाइड्रोपावर
दी खप्तड टुरिज्म
दोलखा माउन्टेन एकाडेमी
काठमाडौं–पोखरा–लुम्बीनी रेल
त्रिशुली गल्छी जलविद्युत परियोजना
मध्य कालीगण्डकी जलविद्युत परियोजना
ईन्गवा खोला जलविद्युत परियोजना
माथिल्लो चमेलिया जलविद्युत परियोजना
म्याग्दी खोला जलविद्युत परियोजना
गरुड सिमेन्ट
आईएमई सिमेन्ट
जालपादेवी केवल कार तथा पर्यटन परियोजना
अन्नपुर्ण सिक्लेस केवल कार तथा पर्यटन परियोजना
स्वर्गद्वारी केवल कार तथा पर्यटन परियोजना
रिसोर्स हिमालय बुटिक रिसोर्ट
तल्लो बरुणखोला जलविद्युत परियोजना
कालिगण्डकी गोर्ज जलविद्युत परियोजना
माथिल्लो बलेफी जलविद्युत परियोजना
माथिल्लो बलेफी ए जलविद्युत परियोजना
नाम्लान खोला जलविद्युत परियोजना
तारप खोला जलविद्युत परियोजना
विशाल सिमेन्ट
तस्बिर श्रोत : रासस