site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोरोनाले टुटाउँदै हवाई सञ्जाल, १६ कम्पनीका २२ गन्तव्य उडान स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण नेपालको अन्तर्राष्ट्रिय सञ्जाल टुट्दै गएको छ । हालसम्म नियमित उडान गर्दै आएका विदेशी विमान कम्पनी र स्वदेशी विमान कम्पनीको उडान प्रभावित बन्दै गएको छ । यस क्रममा १६ वटा विमान कम्पनीले आफ्नो २२ गन्तव्य उडान रद्द गरिसकेका छन् । यो क्रम आगामी दिनमा थप बढ्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बुधबारसम्म १६ वटा विमान कम्पनीहरुले आफ्नो २२ वटा गन्तव्य उडान रद्द गरेको जानकारी दिए । उनले विगतको तुलनामा ६० प्रतिशत उडान प्रभावित भएको बताए । कोरोना भाइरसको प्रभाव अन्य मुलुकमा बढ्दै गएपछि उनीहरुले पनि विदेशी नागरिकलाई भ्रमणमा प्रतिबन्ध लगाएका छन् । 

नेपाल सरकारले पनि नेपालमा कोरोना भित्रिन नदिन विदेशी नागरिकलाई नेपाल प्रवेशमा कडाई गर्दै आएको छ । जसले नेपालसँगको हवाई सञ्चाल टुट्दै गएको छ भने नेपाल आउने पर्यटकको संख्यामा भारी गिरावट आएको छ । जसले नेपालको पर्यटन क्षेत्रसहित होटल तथा आन्तरिक हवाई क्षेत्रमा निकै प्रभाव पारिसकेको छ । प्राधिकरणका प्रवक्ता क्षेत्रीले तत्काल आर्थिक असर परेपनि मुलुकको ‘कष्ट’ का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई गरिएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वदेशी हवाई कम्पनीले पनि उडान कटौती गर्दै

अन्तर्राष्ट्रिय हवाई उडान सेवा दिँदै आएका नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स र बुद्ध एयरले पनि आफ्नो उडान रद्द गर्दै आएका छन् । कतारको दोहा उडान स्थगित गरिसकेको वायुसेवा निगमले मलेसियाको उडान पनि स्थगित गरेको छ भने भारतको दिल्ली उडान संख्या पनि घटाएको छ । 

वायुसेवा निगमले दोहासहित हङकङ, बैंकक, मुम्बई र ग्वान्जाओको उडान पनि रद्द गरिसकेको छ । निगमले मार्च १९, २६ एवं अप्रिल २ र ९ को उडान पनि रद्द गरेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई दिएको छ ।

यस्तै हिमालयन एयरलाइन्सले पनि आफ्नो ९ वटा गन्तव्य उडान स्थगित गरिसकेको छ । हिमालयन एयरलाइन्सेले दोहा, अवुधावी, ढाका, मलेसिया, बेइजिङ, छ्याङ्सालगायत उडान रद्द गरेको छ । बुद्ध एयरले भारतको वरणासी उडान रद्ध गरिसकेको छ । 

प्राधिकरणको बुधबार विहानसम्मको तथ्यांक अनुसार १६ कम्पनीले २२ वटा गन्तव्यको उडान स्थगित गरेका छन् । नेपाल उडान गर्दै आएका चिनियाँ ६ वटा विमान कम्पनीले उडान रद्द‍ गरेका छन् । एयर चाइना, चाइनिज इस्टर्न, चाइना साउर्थन, क्याथे ड्रागन, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्सले उठान नेपाल उडान स्थगित गरेका छन् । यस्तै एयर इन्डिया, विमान बंगलादेश, जजिरा एयरवेज, कतार एयरवेज, थाई इन्टरनेशनल एयरवेज, टासी एयर (भुटान एयरलाइन्स) ले पनि उडान रद्द गरेका छन् । 

कुन एयरलाइन्सको उडान कहिलेसम्म रद्द ?

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १३:२१
प्रतिक्रिया दिनुहोस्