site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजी पेट्रोल पम्प बन्द, औषधि पसल खुला, जथाभावी हिँड्न कडाइ (तस्बिरसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्‍न घोषणा गरिएको ‘लकडाउन’ कार्यान्वयनमा सरकारले कडाइ गरेको छ । 

आज (मंगलबार) बिहानैदेखि यातायात, पसल, कलकारखना पूर्ण रूपले बन्द छन् । प्रहरी प्रशासनले खाद्यान्‍नका पसल पनि बन्द गराएको छ । काठमाडौं उपत्यकाका अधिकांश स्थानका सडकमा प्रहरी तैनाथ गरिएका छन् । अनावश्यक रूपमा मोटरसाइकल, गाडी चलाउनेलाई सजग गराइएको छ । अनावश्यक रूपमा घर बाहिर बस्‍नसमेत कडाइ गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी, गोंगबु, बसुन्धारा, महाराजगन्ज, लाजिम्पाट, लैनचौर क्षेत्रमा रहेका अस्पताल खुला छन् । यस क्षेत्रका धेरै संख्यामा औषधि पसल खुलेका छन् । यस क्षेत्रमा रहेको सरकारी पेट्रोल पम्प खुले पनि निजी पेट्रोल पम्प भने खुलेका छैनन् ।

यस क्षेत्रका सबै बैंक तथा वित्तीय संस्थाका कार्यालय सबै बन्द छन् । एटीएमहरु भने खुला छन् ।

कोरोना संक्रमण बढ्न सक्ने भन्दै प्रहरीले खाद्यान्न पसल खोल्न दिएको छैन । तर, खाद्यान्‍न व्यवसायीले भने खाद्यान्‍न अत्यावश्यक रहेको सरकारले नै भने पनि पसल खोल्न नदिएको बताए । सामाखुसीमा किराना पसल गरेका एक व्यवसायीले सरकारले खाद्यान्‍नलाई अत्यावश्यक भनेकै कारण पसल खोल्नैबित्तिकै प्रहरीले बन्द गराएको बताए । निश्‍चित समय दिएर खाद्यान्‍न किन्‍न पाउने व्यवस्था मिलाउन उनले आग्रह गरे ।

बजारमा खानेपानीको ट्याङकर, खानेपानीको जार बिक्री गर्ने गाडी, एम्बुलेन्स, फोहोर बोक्ने गाडी र केही निजी सवारीसाधनहरु भने चलेका छन्। 


 

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्