site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
बाह्रखरी गल्फ यसवर्ष पोखरामा हुने 

काठमाडौं । यसवर्षको बाह्रखरी गल्फ पोखरामा हुने भएको छ । बाह्रखरी मिडिया प्रालि र हिमालयन गल्फ कोर्सबीच पोखरामा गल्फ गर्ने सम्बन्धमा आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र कोर्सका तर्फबाट म्यानेजर भुवन गुरुङबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।
यसैवर्ष पोखरामा गर्न लागिएको कर्पोरेट गल्फमा काठमाडौं र पोखराका कर्पोरेट गल्फर सहभागी हुने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आन्तरिक पर्यटन प्रवर्द्धनलाई सघाउ पुर्‍याउने उद्देश्यले पोखरामा गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । 

No description available.

 

“यसवर्षको गल्फ पोखरामा गर्ने निर्णय गरेका छौं,” आचार्यले भने, “कहिले गर्ने भन्ने मिति छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं ।” उनका अनुसार कोरोनाको कहरले धरासायी अवस्थामा पुगेको पर्यटन क्षेत्रलाई उठ्न मद्दत पुगोस् भन्ने उद्देश्यले पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

No description available.

अघिल्लो वर्ष बाह्रखरी गल्फ सगरमाथा क्षेत्रको कोङ्दे रीमा गरिएको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्