site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेरो बारेमा प्रश्‍न उठ्यो म हेर्दिनँ : न्यायाधीश हरिकृष्ण कार्की

काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले नहेर्ने भएका छन् । इजलासमा कार्कीका विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएका थिए  ।

केहीबेर सो विषयमा बहसपछि न्यायाधीश कार्कीले भने, ‘‘इजलासमा बहसका क्रममा प्रश्न उठ्यो । म हेर्दिनँ ।’’ थापाले केपी ओली प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिक्ता रहिसकेको भन्दै उनैविरुद्धको मुद्दामा स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्की केपी ओली सरकारको महान्यायाधिवक्ता रहिसकेको, प्रतिनिधिसभा विघटनको बचाऊमा उनीसँगै पहिला एउटै फर्ममा काम गरेका अग्‍नि खरेल महान्यायाधिवक्ताका रूपमा बहसमा आएको भन्दै कार्की इजलासमा बस्न मिल्छ कि मिल्दैन भन्दै थापाले प्रश्न उठाएका थिए  । उनले न्यायाधीश कार्कीलाई इजलासमा बस्ने विषयमा तपाईंको कमन सेन्सले के भन्छ ? भन्दै प्रश्न गरेका थिए । 

‘‘श्रीमान्‌को इन्टेग्रिटीमा प्रश्न छैन । तर, पब्लिकले के भन्छन् ?’’ थापाले भने । थापाले  कार्कीले सुनुवाइको सिद्धान्तअनुसार पनि प्रधानमन्त्री केपी ओलीको मुद्दा हेर्दिनँ भन्नुपर्ने पनि बताए । 

अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्कीका सम्बन्धमा उठेका प्रश्नलाई ढिसमिस गर्न नमिल्ने बताए । जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूलाई पनि ओलीले नियुक्त गरेको भन्छन् नि ? भन्दै प्रतिप्रश्न गरेका थिए । 
‘‘यही कुरा प्रधानन्यायाधीशमा पनि लागु हुन्छ । संवैधानिक इजलासमा स्वार्थ बाझिँदा पनि बस्‍न मिल्छ । केपी ओलीले नियुक्त गरेको प्रधानन्यायाधीश भनेका छन् पत्रपत्रिकाले,’’  उनले भने ।

कार्कीका बारेमा प्रश्न उठेको भन्दै उनले इजलासले निकास दिने पनि बताए । थापाले प्रधानन्यायाधीश राणालाई नियुक्त गर्नु र सल्लाहकार बस्नुमा फरक रहेको जवाफ दिएका थिए । अर्को सुनुवाइ बुधबार हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्