site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रश्न उठेका दुई न्यायाधीशले इजलास छाड्न मानेनन्, प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको बैठक 

काठमाडौं । कानुनविदहरुले प्रश्न उठाएका दुईजना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशहरुको बैठक बोलाएका छन् ।

शुक्रबार र आइतबार भएका रिटमाथिको सुनुवाइमा दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेको थियो । प्रधानन्यायाधीले आज संवैधानिक इजलासमा रहेका पाँचजना न्यायाधीशको बैठक राखेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा प्रधानन्यायाधीशले प्रश्न उठेका दुईजना न्यायाधीशलाई आफैँ निर्णय गर्न भनेको तर उनीहरुले नबाहिरिने बताएपछि बाँकी रहेका दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले बाहिरिँदा राम्रो हुने सुझाव दिएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार संवैधानिक इजलासको रोष्टरमा रहेका १३ न्यायाधीशको बैठक प्रधानन्यायाधीश राणाले बोलाएका छन् । अहिले केहीबेरपछि बैठक बस्न लागेको सर्वोच्च स्रोतले जानकारी दियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्