site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुन्छ : खनाल
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आउँदो निर्वाचनमा तालमेल हुन नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यकर्ता भेलामा उनले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल गर्न नसकिने स्पष्ट पारे । तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली कांग्रेसप्रति लक्षित गर्दै नेता खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने बताए ।

उनले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आउँदो निर्वाचनमा बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क पनि गरे । अहिले वाम एकताको खाँचो रहेको खनालले औँल्याए ।

उनले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने भन्दै यसका लागि नेकपा (एमाले)को नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्