site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कूटनीतिक कौशलमा कमी हुँदा विदेशीहरूको हात माथि हुने गरेको छ : माधव नेपाल 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एसपीपीबारे तुरुन्तै पत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरिएको बताएका छन् ।

आइतबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘जनबहस’ कार्यक्रममा उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले एसपीपी अस्वीकार गरेको पत्र पठाउन ढिलाइ नगर्न आग्रह गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले प्रधानमन्त्रीलाई दबाब दिएपछि उहाँले त्यसलाई स्वीकार नगर्ने, नेपाली सेनाले पनि त्यसलाई अस्वीकार गर्ने कुरा त गरेको छ, तर अहिले फेरि अलमलका कुरा आइरहेका छन्,” उनले भने, “अस्ति भर्खर म र कमरेड प्रचण्ड दुवैले भन्यौँ प्रधानमन्त्री शेरबहादुर देउवालाई– तुरुन्तै त्यो चिठी पठाउनुस् । ढिला नहोस् ।”

अध्यक्ष नेपालले कूटनीतिक कौशलका साथ अघि बढ्नुपर्ने पनि बताए । ठोस वस्तुको विश्लेषण गरे अघि बढ्नुपर्ने उनको भनाइ छ ।

“ठोस विषयवस्तुको ठोस विश्लेषण गरेर अघि बढ्न सक्नुपर्दछ । कुनै किसिमको अतिवादमा फस्यो भने फाइदा होइन, नोक्सानी पुर्‍याउँछ,” उनले भने, “त्यसो हुनाले कूटनीति कौशलका साथ सम्बन्धलाई अघि बढाउनुपर्ने हुने भएकाले धेरैसँगको मित्रता कायम गर्ने, शत्रुता कायम नहोस् भन्नेमा विचार गर्ने । भइहालेको छ भने धेरैको साथ लिएर स्टे«न्थ बलियो बनाउनुपर्छ ।”

कूटनीतिक कौशल नभएका कारण नेपाल अनेक सम्झौतामा चुकिरहेको बताए । सम्झौताहरूमा विदेशीको हात माथि हुने गरेको समेत उनले बताए ।

“कूटनीतिक कौशल हुनुपदर्छ । त्यो कौशलको कमी देखिन्छ । अनेक सम्झौतामा चुक्ने गरेको छ । विदेशीहरूको हात माथि हुने गरेको छ । उसको स्वार्थका निम्ति हामी नतमस्तक हुने गरेका छौँ । यी सबै कुराबाट जोगिएर अघि बढ्ने आधार विद्यमान छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्