site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
महेशलाई सुवासले गरेको गालीगलौजप्रति संघको आपत्ति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गीतकार संघ नेपालले संघका सचिव महेश आचार्यलाई गालीगलौज गर्ने सुवास रेग्मीप्रति आपत्ति जनाएको छ । स्रष्टाहरूको हक अधिकारको सन्र्दभमा आवाज उठाएकै कारण आचार्यमाथि गालिगलौज गरिएको भन्दै संघले आपत्ति जनाएको छ । 

“सुवास रेग्मी नामको फेसबुक अकाउण्टबाट यस संस्थालाई समेत लक्षित गरी अत्यन्त अमर्यादित, घोर अपमानजनक तथा निकृष्ट भाषामा गालिगलौज गरेकोप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ,” संघले भनेको छ, “उक्त सुवास रेग्मी नामको फेसबुक अकाउण्टबाट भएको यस्तो अति निन्दनीय र निकृष्ट कदमको घोर भर्त्सना गर्दछौं ।” 

महेश रोयल्टीलगायत कलाकारको अधिकारका विषयमा आवाज उठाउँदै आएका छन् । 
No description available.

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्