site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ढोकामा आग्लो लगाएर संसारभरिका नेपालीलाई लगानी गर्न आग्रह गरिरहेका छौँ : सांसद शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले हालको नीतिले विश्वभरिका नेपालीबाट लगानी भित्र्याउन नसकिने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले विश्वभरि फैलिएका नेपालीको लगानी आकर्षित गर्न नीतिगत सुधार आवश्यक रहेको औँल्याए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी गैरआवासीय नेपालीलाई एकातर्फ लगानी दूत बनाउन चाहन्छौँ । लगानी गर पनि भन्छौँ । तर, संविधानको भाग (२) को धारा १४ ले दिएको परिकल्पना गरेको गैरआवासीय नेपालीको नागरिकताको विषयलाई हामी अड्काएर राख्छौँ । ढोकामा हामी आग्लो लगाउँछौँ, अनि फेरि भन्छौँ– संसारभरिका नेपालीहरू लगानी गर भनेर,” उनले भने, “रेमिट्यान्सबाट आएको १० प्रतिशत पैसा मात्रै हाइड्रोमा डाइभर्ट गर्न सकियो भने यो देशको भोटको मात्र हैन, नोटको पनि मालिक जनता बन्न सक्छन् ।”

नयाँ बजेटमा जलविद्युत्मा रेमिट्यान्सको १० प्रतिशत रकम जाने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

निर्माण कार्यलाई तीन सिफ्टमा गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

अन्तर्राष्ट्रिय विमानस्थलदेखि ठूला पूर्वाधारमा पनि राजनीतिक नेतृत्व चुकेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्