site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दाइ रामशरण महतलाई सम्झँदै अर्थमन्त्रीले भने– नेपालमै उत्पादन बढाउन आलुप्याजमा भ्याट लगाइएको हो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना दाइ डा. रामशरण महतलाई सम्झँदै मूल्य अभिवृद्धि कर (भ्याट)मा दायरा बढाउने काम गरेको बताएका छन् । रामशरणको पालामा भ्याट लागु गरिएको थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. महतले आफ्नो दाइका पालामा वैज्ञानिक कर प्रणाली भ्याट दक्षिण एसियामा पहिलोपटक लागु गरिएको उल्लेख गरे । त्यो बेला उद्योगी–व्यवसायीको जुलुस निस्कने गरेको उनले स्मरण समेत गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भ्याटले नेपालले आफ्नो स्रोतबाट विकास निर्माणको काम गर्न सक्छ भन्ने देखिएको थियो,” उनले भने, “विस्तारै भ्याट नलाग्ने सूची बढ्दै गएको कारण यो कमजोर भएको थियो । योपटक यसको दायरा बढेको छ ।”

उनले आलु, प्याजजस्ता दैनिक उपभोगका आयात हुने वस्तुमा भ्याट लगाएको विषयमा नेपालमा यसको उत्पादन बढाउन लगाइएको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्