site stats
बाह्रखरी :: Baahrakhari
देश
वार्तामा आउन पहिचानवादीलाई कोसी सरकारको आह्वान

विराटनगर । कोसी प्रदेश सरकारले गठन गरेको समितिले पहिचानवादीलाई वार्तामा आउन लिखित रूपमै आग्रह गरेको छ ।

कोसी नामकरणविरुद्ध संघर्षरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको नाममा पत्र लेख्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वार्तामा आउन आह्वान गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघर्ष समितिको नाममा सरकारले लेखेको पत्रमा जेठ २४ गते प्रदेश मन्त्रिपरिषद्ले वार्ता तथा संवादको माध्यमबाट समस्या समाधान गर्ने उद्देश्यसाथ समिति गठन भएको जनाइएको छ ।

संघर्षरत पक्षसँग सरकारी टोलीले वार्ता गर्न सोमबार बसेको बैठकले निर्णय गरेकोसमेत पत्रमा उल्लेख गरिएको छ ।

कोसी प्रदेश सरकारले खानेपानी, सिचाई तथा उर्जा/स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।

प्रदेश नं १ को नाम गत फागुन १७ गते कोसी पारित भएसँगै त्यसको विरोधमा पहिचानवादीहरू आन्दोलित भएका छन् । यसक्रममा प्रदेश राजधानीमा पटकपटक झडप हुँदा दर्जनौँ सुरक्षाकर्मी र आन्दोलनकारी घाइते हुन पुगेका छन् । आन्दोलनकै क्रममा एक आन्दोलनकारीको मृत्युसमेत भएको थियो । आन्दोलनकारीका तर्फबाट प्रदेशका मन्त्री, उच्च पदस्थ राजनीतिज्ञ र सांसदहरूलाई जिल्ला जिल्लामा व्यक्तिगत रूपमै आक्रमणसमेत गर्न थालेका छन् ।

Koshi Sarkar Patra(1)1686588988.jpeg

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्