site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘वार्म–अप’ खेलमा यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटका जिम्बाब्वे भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले मंगलबार ‘वार्म–अप’ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दै छ । 

विश्वकप छनोट अघि नेपालले जिम्बाब्वेमा यूएई र ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपाल विश्वकप छनोटमा होमिनेछ । नेपाली टिम जिम्बाब्वे जानुअघि दक्षिण अफ्रिकामा तयारी गरेको थियो । दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यूएईले भने विश्वकप छनोटको तयारीस्वरुप टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध तीन खेल एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । यूएईले तीनै खेलमा पराजित भएको थियो । 

नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे जिम्बावेको हरारेमा हुनेछ । दुई टिमबीच पछिल्लो पाँच खेलमा भएको प्रतिस्पर्धामा तीन खेलमा नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । एक खेल भने यूएईले जितेको छ । 

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो ।

यूएई टिम

मुहम्मद वासिम (कप्तान), इथन डी सौजा, अली नासीर, वृत्या अरविन्द, रमीज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिकी, जहुर खान, सन्चित शर्मा, अर्यान्श शर्मा, कार्तिक मैयाप्पन र बासिल हामिद ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्