site stats
बाह्रखरी :: Baahrakhari
देश
जिल्ला अस्पतालमै डाइलासिस सेवा सुरु गर्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सबै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराइने बताउँदै उनले चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफूले पहल गर्ने विश्वास दिलाए ।

मन्त्री बस्नेतलाई स्थानीय प्रतिनिधिहरुले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्