site stats
बाह्रखरी :: Baahrakhari
कला
भारतीय सिनेमाको प्रदर्शन नरोक्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका सिनेमा हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार अदालतले भारतीय सिनेमा प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

अदालतले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न पनि आदेश दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा ‘आदिपुरुष’मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आसयको संवाद नहटाएको भन्दै सोमबारदेखि ‘आदिपुरष’सहित भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघले बुधबार उच्च अदालत पाटमा रिट दायर गरेको थियो । 

काठमाडौंमा मेयर बालेनले ‘आदिपुरुष’सहित हिन्दी सिनेमा चल्न नदिएपछि पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरले पनि उक्त सिनेमा चल्न नदिने बताएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्