site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार (भोलि) बस्दै छ । दोस्रो अधिवेशनको ३४औँ बैठक बस्न लागेको हो । बिहान १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।

भोलिको बैठकमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिका प्रश्नहरूको जवाफ दिइने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्