site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकको २५६औँ शाखा उद्घाटन, शैक्षिककर्जा तथा सेवालाई सहजीकरण गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो २५६औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । 

नेपालको अग्रणी बैंकिङ संस्थाको रूपमा रहेको नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन भएको हो । शिक्षाहवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो ।

नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरूपमा शाखा उद्घाटन गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रूपमा परिचित पुतलीसडकमा नबिलको शिक्षाहबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरूलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए ।

शैक्षिककर्जा लगायत चाहिने अरु सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सीईओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्नको लागि नयाँ शाखा विस्तार गरिएकोे जनाए । 

विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिस्कृत सेवाहरू प्रदानगर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरूलाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए ।

नियमित बैंकिङ सेवाहरूका साथै शैक्षिककर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवाप्रदान गर्ने लक्ष्य बैंकको रहेको बताइएको छ ।

शिक्षाहबका रूपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युसन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा सटही लगायतका सुविधा दिने उल्लेख गरिएको छ । 

त्यस्तै, विदेशी विद्यार्थीको स्वास्थ्य बिमाको भुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ । बैंकले २५६ शाखा कार्यालय र २८३ एटीएम मेसिनहरूमार्फत सेवा दिँदै आएको छ ।


 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्