site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न भू–भामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको छ । 

सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजको मौसम : देशभर वर्षाको सम्भावना

यसैबीच, आगामी तीन दिन बाढीको उच्च जोखिम न्यून रहेको छ । कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्