site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त स्थानमा अहिले वर्षा भइरहेको र लेदो पनि बगिरहेको सो कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए । पहिरो पन्छाउन केही समय लाग्ने उनले बताए ।

“पानी धेरै परिरहेको छ, लेदो पनि आइरहेको छ,” उनले बाह्रखरीसित भने, “पानी पर्न कम भएपछि पहिरो पन्छाउन थालिनेछ ।”

पहिरो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा रहेको उनले जानकारी दिए । लेदो खसिरहेकाले सो स्थानमा सवारीसाधनको आवगमन ठप्प भएको उनले बताए ।

“सडक खुलाउन कति समय भनेर अहिले नै भन्न सकिँदैन । लेदो आइरहेको छ, यस्तो अवस्थामा सवारीसाधन चलाउन सम्भव हुँदैन ।”

सोही स्थानमा हिजो पनि केही समय सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्