site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

 उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्