site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तारकेश्वरमा पहिरो : बाबु–छोरीको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा पहिरोले घर पुर्दा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने बाबु र छोरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृत्यु हुनेमा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोद ढुंगेलले जानकारी दिए ।  

गए राति करिब ८ बजे पहिरोले घर पुर्दा उक्त हताहात भएको हो । “घरमाथिबाट आएको पहिरोले टिनको घर पुर्दा उक्त घटना भएको हो,” प्रवक्ता ढुंगेलले बाह्रखरीसँग भने, “एकजनाको घाइते हुनु भएको छ र उहाँको उपचार भइरहेको छ ।” उनका अनुसार गणेशकी श्रीमती घाइते भएकी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्