site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिम्रिक एयरको सबै उडानमा प्रतिबन्ध
फाइल तस्बिर।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको छ । कम्पनीले बक्यौता रकम नतिरेको भन्दै उडानमा रोक लगाएको हो ।

आर्थिक वर्ष २०७९/८० मा तिर्नुपर्ने बक्यौता रकम ५५ लाख रुपैयाँ थियो । तर, कम्पनीले आठ लाख मात्र तिरेको प्राधिकरणको दाबी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी सरकारलाई नै बक्यौता रकम नतिर्दा भोलि पाइलटको सेवा सुविधामा तलमाथि हुने भन्दै बक्यौता रकम नतिरुन्जेलसम्म सबै हेलिकेप्टर उडानमा रोक लगाइएको स्रोतको दाबी छ ।

कम्पनीले अब ४६ लाख रुपैयाँ तिर्ने बाँकी रहेको बताइएको छ । जुन दिन कम्पनीले बक्यौता चुक्ता गर्छ, त्यही दिनसम्म उडान रोक्का गरिने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्