site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा भारी वर्षा, बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । बर्दियामा शनिबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा बर्दियाका रामभापुर, चेपांग, गोदनालगायत आसपासका  केही स्थानमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“साउन २७ गते, दिउँसो २ः३० बजे । पछिल्लो तीन घण्टामा बर्दियाको रामभापुर, चेपांग, गोदनालगायत आसपासका केही स्थानमा भारी वर्षा  भएकोले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

adsgm1691831804.jpg

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्