site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मार्क जुकरबर्ग भन्छन्– फाइट गर्न मस्क गम्भीर छैनन्

काठमाडौं । मेटाका संस्थापक मार्क जुकरबर्गले टेस्लाका संस्थापक एलन मस्क गम्भीर नभएको भन्दै केज फाइटको विषय छोडेर अघि बढिरहेको बताएका छन् ।

गत जुनमा मस्कले जुकरबर्गसँग केज फाइट एक किसिमको मार्शल आर्टका लागि तयार रहेको भन्दै ट्विट गरेका थिए । जुकरबर्गले त्यसपछि मलाई स्थान पठाऊ भन्ने प्रतिक्रिया दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मलाई लाग्छ हामी सबै सहमत हुन सक्छौं कि एलन गम्भीर छैनन् । यो मुभ अन हुने समय हो,” जुकरबर्गले आइतबार उनको सामाजिक सञ्जाल थ्रेड्समा लेखेका छन्, “मैले वास्तविक मिति प्रस्ताव गरे । परोपकारका लागि यसलाई वैधानिक फाइट प्रतिस्पर्धा बनाउन यूएफसीका मालिके डाना ह्वाइटले प्रस्ताव समेत गरेका थिए ।”

यो वर्षको सुरुतिर आफ्नो पहिलो जिउजित्सु टुर्नामेन्ट पूरा गरेको जुकरबर्ग मिश्रित मार्शल आर्टमा तालिम प्राप्त व्यक्ति हुन् । यस्तो कुनै तालिम नलिएका मस्कले भने केही दिन अघि तौल उठाएर फाइटका लागि तयारी गरिरहेको बताएका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्