site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

आजको बैठककमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

संसद् अवरोध नियमसंगत होइन, एमालेले ‘जस्टिफाई’ गर्नुपर्छ : सुवास नेम्वाङ

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् । सरकारी निकायले नै उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको सत्तापक्षको तर्क छ । छानबिन समिति नबनाएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेको अडान छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्