site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इसेवा मनि ट्रान्सफर र साउदीको इन्जाजबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानीका लागि सम्झौता भएको छ ।

सम्झौतासँगै अब, साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीले इन्जाज पेमेन्टको १५० शाखा, पीओएस, किअस्कस्, वा मोबाइल एप र वेबसाइटबाट नेपालमा इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा इसेवाका एक लाखभन्दा बढी क्यास पोइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताले वालेटबाट सहजै पाउने इसेवाले बताएको छ ।

रेमिट्यान्स भुक्तानी सम्झौतापत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्