site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरीबन्धु टी स्टेट प्रकरणबारे ओली : छानबिन जरुरी छैन, मन लागे गर्नू 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको तर छानबिन गर्न मन लागे गर्न सुझाव दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिनाकानुन जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानुन बनाएर व्यवस्थित काम गर्ने गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिए । सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको बताए ।

त्यस्तै, अध्यक्ष ओलीले स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्