site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टोकला चिया अब नयाँ प्याकेटमा 

काठमाडौं । नेपाल चिया विकास निगमले टोकला चिया नयाँ प्याकेटमा ल्याएको छ । आठवटा नयाँ फ्लेवरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ नयाँ प्याकेटमा ल्याएको हो । 

कम्पनीका अनुसार टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो ।

आफ्नै वगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्षभन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र मागअनुसार उच्च गुणस्तरीय प्याकिङसहित इन्भेलपमा आठवटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो चिया भाटभटेनी, विगमार्ट, खुद्रा विक्रेतामार्फत बजारमा उपलब्ध गरिएको हो । आठवटा फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य १६० देखि २२५ रुपैयाँसम्म निर्धारण गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्