site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भारतीको ‘अनुपम देवता’माथि अन्तरक्रिया 

काठमाडौं । उपन्यासकार शंकर भारतीको सामाजिक उपन्यास ‘अनुपम देवता’माथि अन्तरक्रिया सम्पन्न भएको छ । उपन्यासको तेस्रो संस्करण प्रकाशन भएसँगै आयोजित अन्तरक्रियामा समालोचकहरूले आफ्नो धारणा राखे ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा समीक्षक प्रा.डा. रामप्रसाद ज्ञवालीले उपन्यासकार भारतीको जीवन उपन्यासभन्दा मार्मिक भएको चर्चा गर्दै उनले जीवनका कथा उपन्यासमा अभिव्यक्त गरेको बताए । यस उपन्यासको अर्को सिक्वेल पनि लेखिन सकिने उनले लेखकलाई सुझाए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्का समीक्षक डा. शान्तिमाया गिरीले समाजमा हुने घटनाहरूलाई यथार्थको धरातलमा टेकेर भारतीले उपन्यासमा उन्दै आएको बताइन् । समीक्षक डा. दीनबन्धु शर्माले टिप्पणी गर्दै उपन्यासको चिरफार गरे ।

उपन्यास समाज नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, उपन्यासकार शंकर भारती, पवन आलोक, डा. मधुसुदन लामिछाने, श्रीओम रोदन, डा. दामोदर पुडासैनी किशोर, देविका तिमिल्सिना, वियोगी बुढाथोकी, वेदमणि घिमिरे, विष्णुबहादुर सिंह, राधेश्याम लेकालीलगायतले बोले । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्