site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडक : बाटो खुलाउन अझै एक घण्टा लाग्ने
तस्बिर : ईश्वर क्षेत्री/सडक डिभिजन कार्यालय भरतपुर ।

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध छ । आज दिउँसो इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलनजिकै पहिरो खसेको हो ।

पहिरोका कारण अवरुद्ध सडक अबको करिब एक घण्टाभित्र सञ्चालनमा ल्याइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार तीन मेसिनको प्रयोग गरी पहिरो पन्छाउने कार्य जारी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“वर्षाको कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलनजिकै पहिरोको कारण अवरुद्ध सडक अबको घण्टाभित्र सञ्चालनमा आउने अनुमान छ,” सो कार्यालयले शनिबार बेलुका ५ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

यही भदौ ४ गते पनि सोही क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्