site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितानिवास जग्गा प्रकरण : संगठित अपराध हटाएर किर्ते मुद्दा मात्र दर्ता गर्ने तयारी
फाइल तस्बिर ।

काठमाडौं । बालुवाटारस्थित चर्चित ललितानिवास जग्गा प्रकरणको मुद्दा आज काठमाडौं जिल्ला अदालतमा दर्ता गराइने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराउने तयारी गरेको हो ।

ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित किर्ते मुद्दामा अनुसन्धान गरेर गएको बिहीबार वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही प्रतिवदेनका आधारमा अभियोजन गरेको सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा चल्न नसक्ने भन्दै किर्ते अभियोग मात्र दर्ता गराउन लागेको सो कार्यालय स्रोतको भनाइ छ ।

सीआईबीले ललितानिवास प्रकरणमा २३८ जनालाई प्रतिवादी बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्