site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालको चुच्चे नक्सा राख्न सरकारले चीनलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्छ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा)लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।

एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सोबारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले चीन सरकारलाई सो नक्सा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताए ।

चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताए ।

उनले भने, "हामीलाई एक इन्च पनि जमिन कसैको चाहिँदैन । कसैलाई छोड्दैनौं पनि । यही मान्यता बमोजिम हामी आज पनि यसमा उभिएका छौँ । जहाँसम्म चीनले नेपालको नक्सा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्सा गायव गरेर राख्यो । यस सन्दर्भमा नेपाल सरकारले अविलम्ब चीनको सरकारलाई यस विषयमा उसले कूटनीतिक नोट पठाओस् ।"


 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्