site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । 

शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२औँ वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानीसमेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्न लागिएको पनि जानकारी दिए । 

त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरू देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे । 

नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढ्ने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिनेसमेत अर्थमन्त्री महतले बताए । 

उनले भारतमा १० हजार मेघावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए । 

उनले भने, “हाम्रो देश आर्थिक समस्याका विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदैछ । यसको राम्रो संकेतहरू देखा पर्न थालेका छन् । यसको मतलब यो होइन कि हामी समस्यारहित भइसक्यौं भन्ने होइन । समस्याहरू छन् । तर ती समस्याहरूलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू अब सुरु हुन्छ ।”

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्