site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आगो

१.
यता लहरा उतातिर हाँगो छ
न सियो पूर्ण न त धागो छ
मन बहकिन्छ कहिलेकहिले
जवानी तिम्रो दिल मेरो आगो छ

२.
गर्मी होइन डाहा हुन्छ
सँगै बाँच्ने चाह हुन्छ
एक्लो जीवन कति नीरस
भोग्नेलाई थाहा हुन्छ

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३.
मायाको तलतल बेग्लै
प्रतीक्षाको पलपल बेग्लै
तिम्रो मन्द मुस्कानपछि
धड्कनको हलचल बेग्लै

४.
सहरमा सनसनी होस्
विरोधीमा दनदनी होस्
अँगालोमा हामी बेरिँदा
दुनियाँ फनफनी होस्
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्