site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट नगद तीन लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । भदौ २५ गते सशस्त्र प्रहरीले तीन लाख नेपाली रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतबाट यूपी ३२ एल एच ३७०४ नम्बरको मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाइलकसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्