site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरीमा डुबेर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर।

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय पङ्कज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नै घर अगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पानीमा पुगेपछि उनको सोही पोखरीमा डुबेर आज मृत्यु भएको हो ।

घरबाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलास गरेको र पोखरीमा मृतावस्थामा फेला प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्