site stats
बाह्रखरी :: Baahrakhari
देश
यी प्रदेशमा हुनेछ आज भारी वर्षा
फाइल तस्बिर 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो   देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र  बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्