site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
प्रतीकारात्मक तस्बिर ।

सुन्दरहरैँचा (सुनसरी) । सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । 

इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । 

विराटनगर महानगरपालिका–१७, मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख रुपैयाँ नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप  छ । 

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । 

थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारबाही गर्न माग गरेको प्रहरीले जनाएको छ । उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । 

माइती पक्षले नाबालक छोराको समेत जीउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्