site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश अधिवेशनलाई लिएर विरोधीले एकोहोरो टिप्पणी गरे : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशनलाई लिएर विरोधीहरुले एकोहोरो टिप्पणी गरिरहेको बताएका छन् । शुक्रबार पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले सर्वसम्मत नेतृत्व चयन गरेर अर्को मौका दिन आग्रह गरे ।

“हाम्रा विपक्षीहरुले अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन् । यो अधिवेशनले अर्को टिकाटिप्पणी गर्ने मौका दिओस्,” उनले भने, “अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डेमोक्रेसी नै भएन भन्ने मौका पनि दिऔँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले चुनावमा सबैले नजित्ने भएकाले पार्टीमा सहमति गर्दा नै उपयुक्त हुने बताए ।

“सबैले जित्ने होइन । नजित्नेको मन दुख्छ । त्यसैले सहमतिमा नै गयो भने कसैको मन दुख्दैन । किन मन दुखाउने,” ओलीले भने, “उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको देखिन्छ । त्यस्तो नगरौँ ।”

ओलीले नेतृत्वले कार्यकर्ताको कामको मूल्यांकन गरिरहेको हुने बताए । नेतृत्वको मूल्यांकनमा भर नपर्दा नतिजा जस्तो सकै आउन सक्ने उनको भनाइ छ ।

“नेतृत्वको मूल्यांकनमा भर परिएन र नचिनेकाले भोट दिने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुन सक्छ । एउटा प्रदेशको एउटा कुनाको मान्छेले अर्को ठाउँकालाई चिनेको हुँदैन,” ओलीले भने ।

उनले अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे । ओलीले आफ्नो खुसीले चुनाव लडेर निराश भएको टिप्पणी गरे ।

“कतिपय ठाउँमा हेरिरहेको छु म । चुनाव आफ्ना खुसीले लड्छन् । जितेकामा उन्माद चढेजस्तो देखिने । हारेकामा निराश, खिन्नजस्तो देखिने । त्यस हिसाबले पार्टीको आन्तरिक चुनावलाई लिनुहुन्छ र ?,” ओलीले सोधे ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्