site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गरिमा विकास बैंकले सुरु गर्‍यो क्रेडिट कार्डमा ईएमआई सेवा

काठमाडौं । गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरुआत गरेको छ । यसअन्तर्गत बैंकले सम्झौता गरेको बिक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिने छ ।

साथै, ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरेर यो सुविधा लिन चाहेमा सजिलै लिन सकिने बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आउँदै गरेको दसैँ तथा तिहारमा सामान खरिद गर्न मन भएका तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले यो सुविधामार्फत लाभ लिन सक्नेछन् । सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पुग्ने र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने बैंकको विश्वास छ ।

गरिमा विकास बैंकले १२२ शाखा कार्यालय र ५० एटीएम तथा डिजिटल बैकिङमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्