site stats
बाह्रखरी :: Baahrakhari
देश
सात केजी चाँदीको सिक्कासहित एकजना नियन्त्रणमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–८ सिनागालबाट सशस्त्र प्रहरीले सात केजी चाँदीको सिक्कासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बसमा सवार शराफको साथमा तीन पोकामा चाँदीजस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्