site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको हत्यामा संलग्न पक्राउ

बागलुङ । इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले बडिगाड गाउँपालिका–६ का १९ वर्षीय विशाल विकलाई पक्राउ गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार यसअघि बडिगाड गाउँपालिका–६ स्थित आशा होटेल एण्ड खाजाघरका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई पक्राउ गरिएको थियो । 

दुवैजनालाई अदालतले दोषी ठहर गरेपछि कारागार चलान गरिएको थियो । घटनाको थप अनुसन्धान गर्न विकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए । 

गत साउन ८ गते पौडेलको हत्या भएको थियो । रासस

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्