site stats
बाह्रखरी :: Baahrakhari
देश
भिजिट भिसाको नक्कली कागजात बनाउने चार कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । भिजिट भिसामा विभिन्न देशमा पठाउने आश्वासन दिएर नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एसीई कन्सल्टेन्सीका सञ्चालक काठमाडौंको नयाँ बानेश्वरका ३७ वर्षीय अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक नुवाकोटको सूर्यगढीका ४५ वर्षीय गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक धादिङको बेनिघाट रोराङका ३२ वर्षीय पशुपती मैनाली र एसटू अबरोड कन्सल्टेन्सीका सञ्चालक झापाको भद्रपुरका ३२ वर्षीय सागर चापागाईं रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको छ ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नामको नक्कली शैक्षिक प्रमाण पत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप बरामद गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्