site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई प्रदीप यादवको प्रश्न : वीरगंजको नारायणी रंगशालालाई किन विभेद ? 
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले सरकारलाई वीरगंजको नारायणी रंगशालालाई विभेद किन भन्दै प्रश्न गरेका छन् । 

उनले विज्ञप्तिमार्फत सरकारले मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रंगशाला र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दा नारायणी रंगशालालाई छुटाएको भन्दै प्रश्न गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रंगशाला र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै देशमा खेलकुद सम्बन्धित गतिविधिहरूलाई थप प्रोत्साहित गरी दिनुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु । तर वीरगंगको ऐतिहासिक नारायणी रंगशालासँग विभेद किन ? काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको नारायणी रंगशाला अझै पुनर्निर्माणको लागि सरकारको पर्खाइमा छ । नारायणी रंगशाला एउटा आधुनिक एवम् व्यवस्थित बन्न सक्ने सामथ्र्य राखेको छ,” विज्ञप्तिमा भनिएको छ, “मधेस प्रदेशको पुरानो एवम् व्यवस्थित रंगशाला किन संघीय सरकारको नजरमा पर्न सकेन ?” 

उनले सरकारको व्यवहारबाट वीरगंजवासी रुष्ट बनेको उल्लेख गरेका छन् । सरकारले निर्णय सच्याउँदै नारायणी रंगशालाको जीर्णोद्धार गर्न र यसलाई पनि राष्ट्रिय गौरवको आयोजनाहरूमा समावेश गर्न उनको माग छ । 

“संघीय सरकारलाई आफ्नो निर्णय सच्याउँदै नारायणी रंगशालाको जीर्णोद्धार गर्न र यसलाई पनि राष्ट्रिय गौरवको आयोजनाहरूमा समावेश गर्न म आग्रह गर्दछु । आफ्नो सम्मानमाथि चोट पुग्ने निर्णय नसच्चिदा नारायणी रंगशालाका लागि वीरगंजवासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछन् र भविष्यमा त्यसकारण प्रमुख आर्थिक नगर वीरगंजमा सृजना हुनसक्ने परिस्थितिको जिम्मेवारी स्वयम् संघीय सरकार हुने पनि अवगत गराउन चाहन्छु,” विज्ञप्तिमा भनिएको छ ।

Byagati-1699599571.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्